|

पाल्पा : स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका– ५ जैपतेका ३२ वर्षका हुमबहादुर विक रहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव निरीक्षक नवराज केसीले बताए।घाइते हुनेमा कालीगण्डकी गाउँपालिका– ५ जैपतेका २१ वर्षका यादव सुन्धौली र वडा नम्बर- ६ गुरुङदीका १८ वर्षका मिलन विक रहेको उनले बताए। उनका अनुसार घाइते दुवै जनाको अवस्था सामान्य रहेको र अहिले युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचार भइरहेको जनाइएको छ।

मिर्मीबाट जैपते जाँदै गरेको लु२त ९९७७ नम्बरको ट्रयाक्टर कालीगण्डकी गाउँपालिका– ६ छापमा बिहीबार मध्यह्न १२ बजेतिर दुर्घटनामा परेको थियो। तीव्र गतिका कारण अनियन्त्रित भएर ट्र्याक्टर सडकभन्दा डेढ सय मिटर तल खसेको प्रहरी नायव निरीक्षक केसीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.