|

काठमाडौं:  नेपाल विज्ञापन संघ (आन)को नयाँ अध्यक्षमा कि एडभरटाईजिङ एजेन्सीका प्रवन्ध निर्देशक रविन्द्रकुमार रिजाल ‘शशी’ सर्व सम्मत रुपमा चयन भएका छन्। केही दिन अघि भएको उम्मेदवारी दर्तामा अन्य कसैको उम्मेदवारी नपरेपछि रिजाल सर्वसम्मती चयन भएका हुन्।

तर, औपचारिक घोषणा भने कोषाध्‍यक्ष पदको निर्वाचन पछि मात्रै गरिने निर्वाचन समितिले जनाएको छ। आगामि ३ बर्षे कार्यकालका लागि अध्यक्षमा रिजाल सहित बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिबमा राजु कुइँकेल, सचिबमा कृष्णप्रसाद घिमिरे र सहकोषाध्यक्षमा पंकज प्रधानको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

यस्तै, ६ जना सदस्यहरुमा रोधन प्रसाई, रमेश पुरी, विशालपुरुष ढकाल, अरुणकाजि स्थापित, किरण गैरे र सन्तोष खड्काको मात्रै उम्मेदवारी छ।

कोषाध्यक्षमा भने दुई जनाको दाबी भएपछि सहमतिको प्रयास भैरहेको नेपाल विज्ञापन संघले जनाएको छ। कोषाध्यक्ष पदमा पिताम्बर पोखरेल ‘विजय’ र यमुना पौडेल ‘प्रतिमा’ ले उम्मेदवारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.