साहित्य

रोशीको चौथो कृति 'मध्यान्तर' सार्वजनिक
SHARES

पुस २७, २०७४

    काठमाडौं : साहित्यकार अनुपम रोशीको कृति 'मध्यान्तर' विमोचन गरिएको छ।

    जैविक स्वतन्त्रता र यौन मनोविज्ञानमा आधारित विषयमा शसक्त अभिव्यक्ति दिँदै आएकी आख्यानकार रोशीको यो चौथो पुस्तक हो।

    उपन्यासको वरिष्ठ कथाकार माया ठकुरी, लेखक एवम् समीक्षक युग पाठक, डा. रजनी ढकाल, केशव सिग्देल  र लेखक अनुपम रोशीले संयुक्त रुपमा विमोचन गरेका हुन्।

    उपन्यासमाथि टिप्पणी गर्दै कथाकार ठकुरीले रोशीको कथा लेख्ने शैली र भाषा पृथक भएको बताइन्। त्यस्तै साहित्यकार एवं समीक्षक पाठकले रोशीका कथाहरु परम्पराभन्दा भिन्न र शक्तिशाली रहेको बताए।

    यसअघि रोशीका 'कुमारी आमा', 'नाङ्गो मान्छे' र 'कालो छाया' नामक उपन्यास प्रकाशित भएका छन्।

    रोशीको 'मध्यान्तर' उपन्यास बीएन पुस्तक संसारले प्रकाशन गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]