|

काठमाडौं: उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक स्थायित्व नै आर्थिक समृद्धिको बाटो भएको बताएका छन्। नेपाल चेम्वर अफ कमर्शको ६७ औँ वार्षिकोत्सवमा उपराष्ट्रपति पुनले यस्तो बताएका हुन्।

 'स्थाईत्व प्रारम्भ हुँदैछ, आर्थिक समृद्धिको बाटो खुलेको छ' उराष्ट्रपित पुनले भने 'राजनीतिक स्थायित्व नै आर्थिक समृद्धिको मार्ग हो' उनले नेपालको व्यापार नीति आयत मुखी भएको बताउदै सुधारको आवश्‍यक रहेको बताए।

आन्तरिक उत्पादनमा गुणस्तर वृद्धि नगरेसम्म निर्यात वृद्धि गर्न समसम्या पर्ने पुनको भनाई छ।  अहिले धनी र गरिव बीचको दूरी बढ्दै गएको पुनको भनाई छ। कोही धेरै धनी कोही धेरै गरिव भएको अवस्थामा हामीले चाहेको समृद्धि सबै धनी हुने किसिमको हो' पुनले भने।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल सार्वजनिक बिदा दिने देशमा सबै भन्दा अगाडी देखिएको बताउदै  कटौती गर्नु पर्नेमा थपिनु नकरात्मक पक्ष भएको बताए। उनले सांस्कृतिक पर्वका बिदाको दिनमा समेत बैंक  वित्तिय एवं सेवाका कार्यालयहरु खुला हुने व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

अध्यक्ष श्रेष्ठले निजी क्षेत्रप्रतिको सकारात्मक धारणा निर्माणका लागि अझै पनि पहल हुन नसकेको बताउदै व्यापारीलाई पहिला थुन्ने अनि सुन्ने गर्नु भन्दा पनि कालोबजारी ऐन २०३२ लाई अन्य ऐन संसोधन गर्नु पर्ने तर्क गरेका छन्।

अध्यक्ष श्रेष्ठले संघीय संरचना अनुरुप संस्थागत स्वरुपमा विस्तार हुन गइरहेको जानकारी दिँदै मुलुकका सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई अघि बढाउने बताए। हाल चेम्बरमा ८५ वटा वस्तुगत संघ, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ आवद्ध रहेको छन्। साथै  ५२ वटा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.