|

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सोह्रौँ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ।

एपिएफको जीतमा सावित्रा भण्डारीले दुई गोल गरिन्। सावित्रीले १७ औँ र ७५औँ मिनेटमा दुई तथा सरु लिम्बूले १९ औँ मिनेटमा एक गोल गरे। चौँतीसौँ मिनेटमा पुलिसकी नीरु थापाले गोल गरेकी थिइन् । सुपर लिगमा सबै तीन खेल जित्दै एपिएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो।

एपिएफले सोमबार आर्मी र मंगलबार सुदूरपश्चिमललाई जितेको थियो। यस्तै सुपर लिगमा दुई खेल जितेको आर्मी दोस्रो तथा एक खेल जितेको पुलिस तेस्रो भए। सुदूरपश्चिमले भने सुपर लिगमा कुनै खेल जित्न सकेन।

समूह चरणमा एपिएफले पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र आर्मीलाई पराजित गरेको थियो। च्याम्पियन एपिएफले दुई लाख ट्रपी र पदक, उपविजेता आर्मीले एक लाख तथा तेस्रो पुलिसले ५० हजार प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत एपिएफकी एन्जिल तुम्बापो उत्कृष्ट गोलरक्षक, सावित्रा उत्कृष्ट फरवार्ड तथा जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए। यस्तै आर्मीका अञ्जली वाइबा उत्कृष्ट डिफेण्डर तथा दीपा राई उत्कृष्ट मिडफिल्डर चुनिए। व्यक्तिगततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार प्राप्त गरे।

विजेता तथा उपविजेता टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए। यही पुस १६ गतेदेखि शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र तथा विभागीय गरी आठ टोलीको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.