विज्ञ भन्छन्, 'चेतनाको कमी'

|

जाजरकोट : २०६६ मा जाजरकोटमा ६ महिनासम्मझाडापखाला फैलिँदा ३५० को ज्यान जानुका साथै ३० हजार बिरामी परे। महामारी नियन्त्रण र सरसफाइका लागि राज्यकोषको २३ करोड रकम खर्च भयो । २०७२ चैतमा पनि ३ दर्जन गाउँमा स्वाइनफ्लुको प्रकोप फैलियो । २ महिनासम्म फैलिएको उक्त प्रकोपले १७ को मृत्यु भयो। ५ हजार बिरामी परे ।

यसपालि पुस पहिलो सातादेखि जुनीचाँदे गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। विकट जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल ज्वरोबाट १ हजार ५ सयभन्दा बढी बिरामी परेका छन् । जुनीचाँदेका १, २, ३ र ११ वडामा ज्वरो फैलिएको हो।

बिरामीहरूको सामान्य उपचार भए पनि अझै हरेक घरमा बिरामी छन् । स्वास्थ्य संस्थामा आवश्यक औषधि नभएपछि उपचारमा कठिनाइ भएको छ। बडकुले गाउँपालिकाका ३६ भन्दा बढी घरका १ सय ५० जना भाइरलबाट थलिएका छन् । एकै परिवारका ५ जना बिरामी छन् ।

आखिर किन पटकपटकरोगव्याधिको प्रकोप फैलिन्छ यहाँ ? विज्ञ भन्छन्– चेतनाको कमी छ। दूषित पानीको प्रयोग हुन्छ। सरसफाइ बिल्कुलै छैन। पौष्टिक खाना अभाव छ। यी सबै कारणले पटक–पटक महामारी फैलिने गरेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.