|

जितपुर (कपिलवस्तु) अत्यधिक चिसोका कारण गएराति कपिलवस्तुमा  एक जनाको मृत्यु भएको छ। अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर कपिलवस्तु नगरपालिका–६ सौरहवा निवासी ६५ वर्षीय वृज मोहन थारुको मृत्यु भएको हो।

आफ्नै घरमा सुतेका थारुको कठ्याङ्ग्रिएर ज्यान गएको वडा प्रहरी कार्यालय तौलिहवाका प्रहरी नायब निरीक्षक सन्त पछाइले जानकारी दिए। कपिलवस्तुमा चिसोका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.