|
Photo : Goal.com

काठमाडौं : क्याटलान जाइन्ट बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। ला लिगा प्रतिद्वन्द्वी सेल्टाभिगोलाई समग्रमा ६-१ ले पराजित गर्दै बार्सिलोनाले शीर्ष ८ मा स्थान पक्का गरेको हो।

पहिलो लेग १-१ को बराबरीमा टुंगिएकाले गएराति भएको दोस्रो लेगमा बार्सिलोनाले शीर्ष खेलाडीहरुलाई मैदान उतारेको थियो। खेल बार्सिलोनाले ५-० जित्यो। बार्साको जितमा लियोनल मेसीले २ तथा लुइस सुआरेज, इभान र्‍याकिटिक र जोडी अल्बाले १-१ गोल गरे। मेसीको दुवै गोलमा अल्बा तथा अल्बाको गोलमा मेसीले पास मिलाएका थिए।

वैकल्पिक खेलाडीका रुपमा मैदान उत्रिएका उस्माने डेम्बेलेले पनि सुआरेजको गोलमा पास मिलए। यद्यपि हालै लिभरपुलबाट क्याम्पनाउ आएका फिलिपे कउटिन्होले भने यस खेलमा डेब्यु गरेनन्। सामान्य इन्जुरीका कारण कउटिन्होले भीआईपी बक्सबाट खेल हेरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.