|

बैतडी : जिल्लामा पृथ्वीनारायण शाहको सबैभन्दा ठूलो शालिक बन्ने भएको छ। राष्ट्रिय एकता दिवस एवं २ सय ९६ औं पृथ्वीजयन्तीको अवसरमा बैतडीमा आयोजित कार्यक्रममा राष्ट्रियता संक्षण अभियानले पृथ्वीनारायणको ११ फिट अग्ला शालिक बनाउने घोषणा गरेको हो ।  

अभियानका अध्यक्ष तथा राप्रपाका केन्द्रीय सदस्य हेमबाबु लेखकले शालिक निर्माण गर्न २५ महिना लाग्ने बताए। उनले यो अभियान कुनै पार्टी विशेषको नभएकाले  राष्ट्र र राष्ट्रियताको पक्षमा रहेकाले नागरिकले सहयोग गर्ने  विश्वास व्यक्त गरे ।

५० लाख खर्च लाग्ने अनुमान
शालिक निर्माण गर्नमा करिब ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। शालिक निर्माणका लागि स्थानीय तह र सर्वसाधारण जमिन दिन तयार रहेको अभियानका अध्यक्ष लेखकले बताए। देशविदेशमा रहेका नेपालीहरुबाट अर्थ संकलन गरी शालिक निर्माण गर्ने उनले बताए । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.