|

रुकुम : सल्यानमा एक महिलाले बञ्चरो प्रहार गरी सौताको हत्या गरेकी छिन्। जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले बुधबार साँझ बञ्चरो प्रहार गरी सौता ३२ वर्षीया रूपा खत्रीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । 

बुधबार साँझ सामान्य विवाद हुँदा कल्पनाले जेठी सौताको हत्या गरेको प्रहरीको भनाइ छ। कल्पना चन्द फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए। 

चन्दकोे खोजी र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विकको भनाइ छ । मृतक रूपाका तीन छोरी र एक छोरा छन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.