तोकिएन प्रदेश प्रमुख र अस्थायी मुकाम

|

काठमाडौं : सरकारले प्रदेश र स्थानीय तहमा जान नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाशको बाटो खुला गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहमा जान नचाहने निजामति कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प दिने निर्णय गरेको भौतिक योजना पूर्वाधार मन्त्री वीरबहादुर बलायरले जानकारी दिए। सो निर्णय राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको मन्त्री बलायरले बताए।

यद्यपि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने यसबारे केही उल्लेख गरेनन्।

बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे पनि छलफल भए पनि कुनै निर्णय नभएको मन्त्री बलायरले जानकारी दिए। 'यस विषयमा दलहरुसँग थप छलफल गरेर निर्णयमा पुग्ने विषयमा कुारकानी भएको छ,' मन्त्री बलायरले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.