|

काठमाडौं : यो साताको शुक्रबारबाट दुई नेपाली फिल्मले आफ्नो प्रदर्शन सुरु गरेका छन्। ओमप्रतिक गुरुङ निर्देशित ‘बटरफ्लाई’ र रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’ले यो साताबाट आफ्नो प्रदर्शन सुरु गरेका हुन्। दुवैलाई प्रतिक्षित फिल्मको रूपमा हेरिएको छ।

‘टेकेन खड्का प्रेडक्सन’ र ‘सिनेमा आर्ट’को ब्‍यानरमा निर्मित ‘मिस्टर झोले’मा दयाहाङ राई, दिया पुन, वर्षा राउत, बुद्धि तमाङ, प्रवीण खडिवडा लगायतको मुख्य भूमिका छ। हिट फिल्म ‘झोले’को नाम सापट लिएर निर्माण गरिएको ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन्। रौनक विक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले खिचेका छन्।

त्यस्तै, 'म गाउँदिनँ अब' बोलको गीतबाट निकै चर्चामा आउन सफल फिल्म ‘बटरफ्लाई’मा प्रियंका कार्की र आर्यन अधिकारीको मुख्य भूमिका रहेको छ। पुष्पाञ्‍जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन्।

फिल्ममा प्रियंका र आर्यनसँगै अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरवीर पण्डित लगायतको अभिनय रहेको छ। सुरेश बज्रचार्यले खिचेको फिल्मलाई अर्जुन जिसी र मन्दिल श्रेष्ठले सम्पादन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.