|

काठमाडौं : मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘ब्लाइन्ड रक्स’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक 'उड्यो मन' बोलको गीतमा हरि लम्सालको संगीत रहेको छ। बानिका प्रधानले स्वर दिएको गीतमा नरेश भट्टराईको शब्द समावेश छ। निर्देशक चाम्सकै नृत्य निर्देशन रहेको गीतको भिडियोमा फिल्मको मुख्य नायिका बेनिशा हमाल फिचरिङमा छिन्।

दुर्घटनामा परी दृष्टि गुमाएकी श्रृष्टि केसीको यथार्थ जीवनकथामा बनेको बायोपिक फिल्ममा बेनिशासँगै अर्पण थापा, गौरी मल्ल, अनील शाह, वसन्त भट्टको समेत मुख्य भूमिका छ। बेनिशाले श्रृष्टिको भूमिकामा अभिनय गरेकी छन्।

‘एन फिल्मस क्रिएसन’ र ‘चाम्स इन्टरटेनमेन्ट’को संयुक्त ब्यानरमा बनेको फिल्मलाई निकेश लिम्बूले निर्माण गरेका हुन्। फिल्म फागुन १८ बाट प्रदर्शनमा आउँदै छ।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.