|

इलाम :  इलामको पर्यटकीय क्षेत्र सूर्योदय नगरपालिका-४ श्रीअन्तुमा सञ्चालित ‘अन्तु कटेज’ मा आगलागी हुँदा ९ लाखभन्दा बढीको क्षति भएको छ। शुक्रबार बिहान भएको आगलागीबाट कजेजको स्टोर रुम र बार पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ।

के कारणले आगलागी भएको भन्ने विषयमा अझै खुल्न सकेको छैन। सञ्चालक धरणी घिमिरेले भने,  ‘विद्युत् सर्ट भएर पनि हैन, आगो बालिएको पनि छैन खै कसरी आगो लागो रहस्यकै विषय बनेको छ।’

आगलागीको विषयमा अनुसन्धान भइरहेको अन्तु प्रहरी चौकीका इन्चार्ज बिमलकुमार निरौलाले जानकारी दिए। आगलागीबाट करिब ९ लाख ५० हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्टोर रुमसहित बार भवनसमेत जल्दा त्यहाँ राखिएका खाद्यान्न, पेय पदार्थ, लत्ता कपडा लगायतका सामग्री जलेको प्रहरीले जनाएको छ। आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। प्रहरी र स्थानीयको सहयोगपछि त्यहाँ सञ्चालित लज भने जोगिएका छन्।

अन्तु कटेज इलामका धरणी घिमिरे, कमल घिमिरे, राजन ताम्राकार, कुमार श्रेष्ठ र हेमसागर पौडेलले सञ्चालन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.