राजनीति

विनाविभागीय भएयताको सेवासुविधा फिर्ता गर्ने माओवादी मन्त्रीहरूको घोषणा
SHARES

पुस २८, २०७४

    काठमाडौं : माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले विनाविभागीय भएयताको सेवा सुविधा नलिने घोषणा गरेका छन्। शुक्रबार राजीनामा बुझाएपछि माओवादीबाट मन्त्री भएका नेता गिरिराजमणि पोखरेलले यस्तो घोषणा गरेका हुन्।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फिर्ता गरेको पत्र बुझाएर प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयबाट फर्केपछि नेता पोखरेलले विनाविभागीय भएयताको सेवा सुविधा नलिने र लिएको भए पनि फिर्ता गर्ने घोषणा गरेका हुन्।

    उनले भने, 'हामी विनाविभागीय बनिसकेपछि सरकारबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने मैले निर्णय गरेको छुं।' उनले सरकारमा सहभागी भएका अन्य नेताहरूले पनि सेवासुविधा नलिने बताए। उनले भने, 'माओवादीबाट सरकारमा सहभागी अधिकांश साथीहरूले पनि नलिने र लिइसकेको भए पनि फिर्ता गर्ने सल्लाह गरिरहेका छौं।'

    माओवादीबाट १६ जना मन्त्रिपरिषद्‍मा सहभागी भएका थिए। त्यस्तै, नेकपा संयुक्तबाट पनि एकजना मन्त्री सहभागी थिए। सरकारमा सहभागी नेकपा संयुक्त पार्टी निर्वाचनपूर्व माओवादी केन्द्रसँग एकतामा गएपछि उक्त पार्टीको मन्त्री पनि सरकारबाट फिर्ता गरिएको छ।

    पोखरेलले आफूहरू विनाविभागीय बनाइँदा पनि निर्वाचन सुनिश्चितताका लागि सरकारमा रहेको बताए। नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी १६ जना नेतालाई ३१ असोजदेखि विनाविभागीय मन्त्री बनाइएको थियो। माओवादीले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरूको जिम्मेवारी खोसेका थिए।

    नेता पोखरेलले भने, 'निर्वाचन नहोला कि भन्ने संसयका कारण हामीले राजीनामा नगरेका हौं, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सुनिश्चितताका लागि हामी सरकारमा थियौँ।' उनले अब लामो समय विनाविभागीय भएर राज्य स्रोतको दोहन गर्नु उपयुक्त नलागेकाले राजीनामा दिएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]