|

डडेल्धुराः डडेल्धुरामा पछिल्लो समय अापराधिक घट्ना कमी हुँदै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्या‌ंकअनुसार कर्तव्य ज्यान मुद्दा, लागुऔषध, अपहरण, चोरीतस्करी, हात हतियार तथा खरखजाना, मानवबेचबिखन, जबरजस्तीकरणी लगायतका जघन्य अपराधका घट्नामा कमी आएको हो।

आर्थिक वर्ष ०७२/७३ मा ६७ वटा अापराधिक घट्ना दर्ता भएका थिए भने आर्थिक वर्ष ०७३/७४ मा ५० वटा घट्ना दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए।

चालु आर्थिक वर्ष ०७४/७५ को पछिल्लो ६ महिनाको अवधिमा भने ९ वटा मात्रै अापराधिक घट्ना दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।अापराधिक घट्नामा कमी हुनमा जिल्लाका ग्रामीण क्षेत्रका नागरिकमा जनचेतना जाग्नु, स्थानीय तहहरूमा मदिराजन्य पदार्थ बेचबिखन र सेवनमा कडाइ गरिनु र प्रहरीको सक्रियता बढ्नु नै प्रमुख कारण रहेको जोशीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.