|

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन परिणाम आइसकेको अवस्थामा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरणमा ढिलासुस्ती गरेको उल्लेख गरेका छन्।

शुक्रबार माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउँदै प्रचण्डले प्रधानमन्त्री देउवाले नयाँ सरकार गठनमा कुनै कदम नचालेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

प्रचण्डले प्रधानमन्त्री देउवालाई लेखेको पत्रमा काम चलाउ बनिसकेपछि पनि सरकारले दूरगामी महत्कका निर्णय गरेको उल्लेख छ। निर्वाचनपछि लोकतान्त्रिक प्रक्रियाअनुसार सरकार गठनको अपेक्षा गरेको तर प्रधानमन्त्रीले ढिला गरेको पत्रमा लेखिएको छ।

'आजसम्म पनि त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने अतिरिक्त निर्णयहरु पनि भइरहेको सन्दर्भमा अब सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएको, प्रचण्डको पत्रमा उल्लेख छ। प्रचण्डको उक्त पत्र विनाविभागीय मन्त्रीबाट राजीनामा दिएका माओवादी नेता गिरिराजमणि पोखरेलले प्रधानमन्त्री देउवालाई बुझाएका थिए।

पढ्नुस् यी पनि:

माओवादी सरकारबाट बाहिरिँदै, मन्त्रीहरूले आजै राजीनामा दिने

माओवादी मन्त्रीहरुको राजीनामा एक दिनका लागि सर्‍यो

माओवादी मन्त्रीले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा

विनाविभागीय भएयताको सेवासुविधा फिर्ता गर्ने माओवादी मन्त्रीहरूको घोषणा

पढ्नुहोस्, माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई पठाएको पत्र :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.