|

उदयपुरः उदयपुरमा सामुदायिक वन उपभोक्ता समूहकै अध्यक्ष काठ तस्करीमा संलग्न रहेको खुलेको छ। त्रियुगा नगरपालिका- ६ स्थित लालपत्ता सामुदयिक वन उपभोक्ता समूहका अध्यक्ष महेन्द्र राउत काठ तस्करीमा संलग्न रहेको खुलेको हो।

उनको शिवम् मिलबाट स्रोत नखुलेको करिब दुई सय क्युफिट सिसौ जातको काठ बरामद गरेको जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद भण्डारीले बताए। ‘स्रोत नखुलाई मिलमा काठ ल्याइएको छ,’ ‘हाम्रो नजरमा त्यो तस्करी हो, कारबाही गर्ने गरी अनुसन्धान भइरहेको छ।’ भण्डारीले भने,

सहायक वन अधिकृत शत्रुधन ठाकुरको मिलेमतोमा काठ मिलसम्म पुर्‍याइएको स्थानीयको आरोप छ।  राउत भने, आफूले निजी जग्गाको काठ नियमावलीअनुसार नै विनाछुट पुर्जी ढुवानी गरेको  बताउँछन्। अाफूले व्यवसाय गरेर खाएकोमा षड्यन्त्र भइरहेको उनको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.