|

सिन्धुली : नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको हस्तकला विभागको आयोजना र जरा फाउन्डेसन नेपालद्वारा संयोजन गरिएको ‘जराको कला प्रशिक्षण कार्यशाला' सिन्धुलीको कमलामाईमा सुरु भएको छ।

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले स्थानीय कलाकार विश्वम्भर लामिछानेको जर्बुटा कला संग्रहालयमा उक्त कार्यशालाको बिहीबार उद्घाटन गरेका हुन्।

प्रतिष्ठानकी हस्तकला प्रमुख प्राज्ञ सुषमा राजभण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यशाला तीन दिनसम्म चल्नेछ। कलाको उत्थानमा आफू सधैँ तत्पर रहको बताउँदै नगर प्रमुख खत्रीले कलाकार लामिछानेका सिर्जनालाई यथोचित संरक्षण गरिने बताए। स्थानीय स्रोतको उपयोग गर्दै हस्तकलाको प्रवद्र्धन गरिनुपर्ने र उक्त उत्पादनहरू कम्तीमा सरकारी निकाय तथा कार्यालयले अनिवार्य प्रयोगमा ल्याउँदै स्वदेशी उद्यमीको मनोबल बढाउन राज्यले विशेष नीति अख्तियार गर्नुपर्ने प्राज्ञ राजभण्डारीले बताइन्। 

कार्यशालाको उद्घाटन कार्यक्रममा जरा फाउन्डेसनका अध्यक्ष साहित्यकार कृष्ण प्रसाईं, कवि सविता विमली, जराबाट कला सिर्जना गरिरहेका विश्वम्भर लामिछाने, स्थानीय कांग्रेस नेता माणिक ढकाल, सानोठिमी क्याम्पस भक्तपुरका पूर्व प्रमुख माधव ढकाललगायतले स्थानीय कलाकार तथा कलाको संरक्षणमा ध्यान दिन कलासँग सरोकार राख्ने सबैलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.