|

काभ्रेपलाञ्चोक : सडक दुर्घटना अधिकांश रुपमा ट्रिपरकै कारणले बढ्न थालेको भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेल र ट्राफिक प्रहरी कार्यालय बनेपाले कडाइ गर्न थालेको छ।

सडकमा क्षमताभन्दा बढी लोड बोक्ने, ट्राफिक नियमको उल्लंघन गर्ने र कागत पत्र नवीकरण नगरी चलाउने लगायतका ट्रिपरहरुलाई निगरानीमा राखेर कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए।

‘काभ्रेलाञ्चोक र सिन्धुपाल्चोकका अधिकांश ठाउँहरुमा क्रसर र ढुंगा खानीहरु भएको कारण ट्रिपरहरु अत्यधिक गुड्ने गरेको र जति पनि दुर्घटनाहरु हुने गर्छन् तीमध्ये धेरैजसो ट्रिपरकै कारण हुने भएकोले त्यसलाई न्यूनीकरण गर्नका लागि कडाइ गर्न थालिएको हो।’ थापाले भने।

ट्रिपरलाई बढी गतिमा हाँक्ने र चालक पनि युवा जोशको धेरै भएकाले पनि सडक दुर्घटना बढेको प्रहरीले जनाएको छ। ट्रिपरहरुले खोलाको चिसो बालुवा बाक्ने, ओभर लोड बोक्ने गरेको कारण सडक भत्कने गरेको प्रहरी बताउँछन्।

त्यसरी पानी चुहाएर गुडाउने र कागजपत्रका साथै अनुमति पत्र नभएका सहचालकले चलाउने गरेका कारण पनि दुर्घटना निम्तिले गरेको प्रहरीको भनाई छ। नियम उलंघन गरेर चलाएका ट्रिपरहरु हप्तादिन भित्रमा करिब दूई सय वटा टिफरहरु नियन्त्रणमा लिई कार्वाही गरिसकेको प्रहरीले बताए।

काभ्रेको पाँचखाल, भकण्डेबेशी, धुलिखेल र बनेपा लगायतका ठाएँमा प्रहरीले चेकजाँच गरी त्यस्ता ट्रिपरहरुलाई कारबाही थालेको हो। काभ्रेमा मात्रै दैनिक छ सयको हाराहारीमा ट्रिपर सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.