अर्थ

एउटै गाउँबाट एक करोडको दूध बिक्री
SHARES

पुस २८, २०७४

    म्याग्दी : बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट वार्षिक एक करोड बराबरको कारोबार गरेका छन्। 

    उनीहरुले दूध बिक्री गरेर मासिक ४० हजारदेखि एक लाखसम्म आम्दानी गर्दैआएका छन्। कतारबाट फर्किएर गाउँमा भैँसीपालन गर्दैआएका बेनी नगरपालिका–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक एक लाखभन्दा बढी कमाउन थालेका छन्।

    उनले २०६८ सालमा एक लाखको लगानीमा दुईवटा भैँसी खरिद गरेका थिए। दूधबाट मनग्य आम्दानी हुने देखेपछि केसीले अहिले ६ वटा भैँसी र एउटा उन्नत जातको जर्सी गाई पालेका छन्। उले दैनिक ७० लिटर दूध बिक्री गर्छन्।

    केसी मात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिक रुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक एक लाखभन्दा बढी कमाई गर्दै आएका छन्। गाउँमा जनभावना दुग्ध सहकारी संस्थाको स्थापना भएपछि सो सहकारीमार्फत तीन सय लिटर र किसानले व्यक्तिगत रुपमा १५० लिटर दूध बजारमा बिक्री गर्दैआएका छन्।

    सहकारीका सञ्चालक कोपिलाल पौडेलका अनुसार अहिले बजारमा दूध प्रतिलिटर ८५ मा बिक्री भइरहेको छ। किसानले प्रतिलिटर ६५ मा सहकारीलाई दूध बेच्दै आएका छन्।

    “गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन्,” उनले भने,  “बयालिस घरधुरीले व्यावसायिक रुपमा गाई–भैँसीपालन गर्दैआएका छन्।”

    जिल्ला पशुसेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सो सहकारीले संकलन गरेको दूधलाई बजार लैजान कर्मचारी परिचालन गरिएको छ। सहकारीमार्फत दूध बेच्ने किसानलाई सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ। सहकारीले लगानीसमेत गर्ने भएकाले किसान सहकारीको अभियानतर्फ आकर्षित भएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]