विश्व

विश्‍वकै लोकप्रिय नेताको सूचीमा मोदी तेस्रो, मक्रोन पहिलो र मर्केल दोस्रो
SHARES

डोनाल्ड ट्रम्प र सी जिनपिङभन्दा मोदी लोकप्रिय

पुस २८, २०७४

    एजेन्सी : भारतीय प्रधानमन्त्री मोदीको लोकप्रियता कत्तिको छ ? आलोचकहरुले उनको लोकप्रियता निरन्तर घट्दै गएको बताउँछन्। तर एक अध्ययन सर्वेक्षणको नतिजा फरक देखिएको छ।

    यस नतिजाअनुसार मोदी विश्वकै लोकप्रिय नेताको सुचीमा तेस्रो स्थानमा छन्।भारतीय अनलाईन नवभारत टाइम्सले गैलप इन्टरनेशनलले हवाला दिदैं मोदी विश्वकै लोकप्रिय नेताको सुचीमा तेस्रो स्थानमा रहेको समाचार प्रकाशन गरेको छ। गैलप इन्टरनेशनलले निकालेको सुचीमा विश्वका लोकप्रिय ५० नेताको नाम समावेश रहेको समाचारमा उल्लेख छ। 

    यस सुचीको पहिलो स्थानमा फ्रान्सका राष्ट्रपति इम्यानयुअज मक्रोन छन्।गत मेइमा चफ्रान्सको राष्ट्रपति निर्वाचित भएदेखि नै माक्रोन लोकप्रिय रहँदै आएका छन्।उनी विशेषगरी युवाहरुमाझ लोकप्रिय छन् ।जर्मन चान्सलर एन्जेला मर्केल लोकप्रिय नेताको सुचीमा दोस्रो स्थानमा छिन् ।

    विभिन्‍न पक्षहरुलाई आधार बनाएर वार्षिक सर्वेक्षण गरिएको गैलप इन्टरनेशनलले जनाएको छ।सर्वेक्षणबाट मक्रोनलाई २१, मर्केललाई २० र मोदीलाई ८ अंक दिइएको छ।यस सर्वेक्षणमा ५३ हजार ७ सय ६९ जनाले माग लिएको बताइएको छ।प्रत्येक देशबाट प्रतिनिधित्व हुनेगरी १ हजारजनासँग सिधा फोना वा अनलाइन सम्पर्क गरिएको सर्वेक्षणकर्ताले जानकारी दिएका छन्।

    सर्वेक्षणका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ, बेलायतकी प्रधानमनत्री थिसारा टरीजा लगायतको नाम मोदीभन्दा पछि  छ। यस सर्वेक्षणले मोदीको लोकप्रियता भारतीय उपमहाद्वीपभन्दा बाहिर पनि उत्तिकै छ भन्‍ने देखाउन खोजेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]