सन् २०१७ पत्रकारहरुका लागि सर्वाधिक खतरनाक वर्ष

|

अफगानिस्तामा वर्ष सन् २०१७ विभिन्‍न आक्रमणमा परेर २० सञ्चारकर्मी मारिएका छन् ।  ‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ का अनुसार सन २०१६ को तुलनामा पत्रकारहरुमाथिको आक्रमण ६५ प्रतिशतले बढेको छ ।

पत्रकार हत्यामा तालिबानहरुको सबैभन्दा  बढी संलग्‍नता रहेको बताइएको छ । एजेएससीका अनुसार सन् २०१७ मा अफगानिस्तानका पत्रकारहरुमाथि हत्या, हिंसा कुटपिट, ज्यान मार्ने, धम्की र चेतावनी जस्ता १६९ वटा घटना दर्ता भएका थिए ।

अमेरिका चिन्तित

अफगानिस्तानमा यस प्रकार भएका पत्रकारमाथिका हत्या हिंसाका घटनाप्रति अमेरिकाले ठूलो चिन्ता व्यक्त गरेको छ । अफगानिस्तानको पत्रकारिताको इतिहासमा सन् २०१७ इतिहासकै सबैभन्दा खतरनाक वर्षका रुपमा रहेको पनि अमेरिकाले जनाएको छ ।

‘अफगानिस्तानमा पत्रकारहरुमाथि बढ्दै गएको यो हत्या हिंसाका कारण यहाँको प्रेस स्वतन्त्रता एवम् पत्रकारहरुको सुरक्षामाथि नै ठूलो प्रश्न उठेको छ ,’ एजेएससीका प्रमुख नाजिब सरिफले भने ।

युद्धले आक्रान्त बनाएको अफगानिस्तानमा सन् १०१६ मा भएका विभिन्न  क्रमणहरुमा १३ जना सञ्चारकर्मी मारिएका थिए । यस वर्ष अफगानिस्तानमा प्रेस स्वतन्त्रताको हनन्का पनि कैयौँ घटनाहरु भएको पाइएकोले आगामी दिनमा पत्रकारिता पेशा र पेशाकर्मीहरुको सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको अधिकारकर्मीहरु बताउँछन्  ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.