|

कालिकोट :  कालिकोट जिल्लाका स्थानीय तहको पहिलो प्राथमिकता सडक निर्माण रहेको छ। जिल्लाका ९ वटा स्थानीय तहहरू खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका,नरहरिनाथ गाउँपालिका, सान्नित्रिवेणी गाउँपालिका,पचालझरना गाउँपालिका, पलाता गाउँपालिका, महावै गाउँपालिका र कालिका गाउँपालिकाहरूले सडक निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेका हुन्।

सडक सञ्‍जालले सबै ठाउँमा नजोडेका कारण सडक सञ्‍जाल पहिलो प्राथमिकतामा राख्‍नुपरेको स्थानीय तह प्रमुखहरूको भनाइ छ। गाउँपालिका र नगरपालिकाको सेवा केन्द्र र राष्ट्रिय सडक सञ्‍जालसँग जोडिन स्थानीय तहहरूले पर्यटकीय सडक कृषि सडक लगायतका क्षेत्र पहिलो प्राथमिकतामा राखेका छन्।

जिल्लाका सबै ठाउँमा सडकले नछोएका कारणले ग्रामीण कृषि सडक पहिलो प्राथमिकतामा रहेको त्यो नभएसम्म नगरपालिकाको विकास आयस्रोत वृद्धि नहुने रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालको भनाइ छ। ‘हाम्रो प्राथमिकता सडक निर्माण नै हो।’ उनले भने, ‘सडक बन्न सकेन भने आयस्रोतका आधार पनि बन्द हुन्छन्।’

गाउँपालिकाका सबै ठाउँमा ५ वर्षभित्र सडक सञ्‍जाल पुर्‍याउने लक्ष्य रहेको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कबहादुर सेजुवालले बताए। ‘एकै वर्षको बजेटले सबै ठाउँमा सडक पुर्‍याउन सम्भव छैन।’ उनले भने,‘क्रमागत योजनाअनुसार ५ वर्षभित्र सबै ठाउँमा सडक पुर्‍याउनेछौँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.