|

भारतको सुप्रिम कोर्ट (सर्वोच्च अदालत)मा अनियमितता भएको भन्दै चार न्यायाधीशले विरोध गरेका छन्।

भारतीय सुप्रीम कोर्टको इतिहासमा पहिलोपटक न्यायाधीशहरूले पत्रकार सम्मेलन गरेर अदालतमा भइरहेको अनियमितताबारे पत्रकार सम्मेलन गरेर आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन्। यसरी अदालतबारे पत्रकार सम्मेलन गर्नेमा न्यायाधीशहरू जे चेलमेश्वर, रंजन गोगोई, मदन लोकुर र कुरियन जोसेफ रहेका छन्।

भारतीय सुप्रिम कोर्टको दोस्रो वरीयतामा रहेका न्यायाधीश जे चेलमेश्वरले आफ्नो निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने, 'हामी चार न्यायाधीश यो कुरामा सहमत छौँ भने अदालतलाई अनियमितताबाट नबचाउने हो भने भारत होस् वा अन्य देशमा होस् लोकतन्त्र बाँच्न सक्दैन। स्वतन्त्र र निष्पक्ष न्यायपालिका लोकतन्त्रको चिनारी हो।'

उनले भारतीय सुप्रिम कोर्टबारे भने, 'हामीले यसमा सुधार ल्याउन गरेका प्रयास सबै बेकार भएका छन्। हामीले आज बिहान प्रधानन्यायाधीशलाई भेट्यौं र आग्रह गर्‍यौ तर उनलाई हामीले सहमत गराउन सकेनौं। त्यसपछि हामीसँग केही विकल्प बाँकी रहेनन् र देशलाई न्यायपालीका बचाउन आग्रह गर्छौं।'

उनले भने, 'म यो चाहान्न कि २० वर्षपछि यो देशका कोही विद्वान् यो  भनोस् कि चेलमेश्वर, रञ्‍जन गोगोई, मदन लोकुर र कुरियन जोसेफले आफ्नो आत्मा बेचेका थिए।' हाल भारतको सुप्रिम कोर्टको प्रधानन्यायाधीशमा दीपक मिश्र छन्। मिश्रलाई लिएर योभन्दा पहिले पनि प्रश्न उठेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.