|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका- ११ बाँसघारीमा बुधबार दिउँसो एलपी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहाहुर थापाका अनुसार धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा५९प ८९५१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना६ख १९४३ नम्बरको एलपी गाडीले पछाडिबाट ठक्कर दिँदा धुलिखेल नगरपालिका वडा नं. ९ ठकुरी गाउँको ५३ वर्षीय राजकुमार ठकुरी गम्भीर घाइते भई उपचारको क्रममा धुलिखेल सामुदायिक अस्पताल धुलिखेलमा मृत्यु भएको हो।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव धुलिखेल अस्पतालमै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.