|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएमको) डिनमा पुन: प्रा.डा. जगदीशप्रसाद अग्रवाल आएका छन्।

शुक्रबार चार दिनका लागि सर्वोच्च अदालतबाट पुनर्वहाली भएका डिन प्रा.डा. शशि शर्माको अवधि बिहीबार सकिएपछि शुक्रबारबाट प्रा.डा. अग्रवालले डिनको जिम्मेवारी सम्हालेका हुन्।

आफूले पहिले जस्तै डिनको रूपमा हाजिर गरेको प्रा.डा. अग्रवालले बताए। ‘म आजबाट डिनको रूपमा पूर्ववत् हाजिर भएको छु। अहिले एमबीबीएसको काउन्सिलिङमा बसिरहेको छु', उनले भने।

सर्वोच्च अदालतले आफ्नो नियुक्तिलाई वैधानिकता दिइसकेको र त्रिविबाट अर्को सूचना नआएकाले आफू पूर्ववत रूपमा डिनको जिम्मेवारी सम्हालिरहनेसमेत  प्रा.डा. अग्रवालले बताए।

यता, विगतमा आईओएमका विद्यार्थीसँग गरिएको सहमति कार्यान्वयन नभएको भन्दै डिनको कार्यालयमा स्ववियुका विद्यार्थीहरूले विगत २३ दिनदेखि ताला लगाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.