समाज

विजुली चोर्ने ६ जना पक्राउ
SHARES

पुस २८, २०७४

    दाङ : विद्युत् चोरीको आरोपमा छ व्यक्तिलाई पक्राउ गरिएको छ।

    नेपाल विद्युत् प्राधिकरण तुलसीपुरका प्रमुख दीपक चौधरीले हुकमार्फत मुख्य तारबाट बिजुली चोरेर घरमा बालेको आरोपमा दंङ्गिशरण गाउँपालिका–२ बस्ने ६० वर्षीय काभोलबहादुर विक, ४८ वर्षीय कुलबहादुर नेपाली, २७ वर्षीय सूर्यबहादुर चौधरी, १६ वर्षीय सुरज विक र ६३ वर्षीय पिमलाल नेपाली तथा बबई गाउँपालिका–७ बस्ने ३० वर्षीय प्रकाश नेपालीलाई पक्राउ गरिएको जानकारी दिए।

    उनीहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको सहयोगमा गए राति घरबाट पक्राउ गरिएको र हाल इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]