|

काठमाडौं : एनआईसी एसिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एनआईसी एसिया ग्रोथ फण्डको २०७४ माघ  २ गतेदेखि बिक्री खुला हुने भएको छ। 

औसतमा बैंकहरूले दिने निक्षेपको वार्षिक प्रतिफलभन्दा म्युचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरूको म्युचुअल फण्डप्रति आर्कषण बढ्दै गइरहेको बैंकले बताएको छ। 

उक्त म्युचुअल फण्डले वार्षिक रूपमा न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने अपेक्षा गरिएको एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए। साथै, म्युचुअल फण्डको वार्षिक प्रतिफल पहिलो वर्ष १५.५७ तथा सातौँ वर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिइएको बैंकले जनाएको छ।

‘लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको छ’, ढुंगेलले भने। साथै यस फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनीहरूलाई प्रत्येक वर्ष नगद लाभांश वितरण गर्ने उनको भनाइ छ। 

यही माघ २ गते मंगलबारदेखि बिक्री खुला गरिने उक्त फण्डको आकार एक अर्ब रुपैयाँको रहेको छ। त्यसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख रुपैयाँ इकाई कोष प्रवद्र्धक एनआईसी एसिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ। बाँकी रहेको आठ करोड ५० लाख रुपैयाँ इकाई विभिन्न संघसंस्था तथा व्यक्तिहरूका लागि बिक्री गरिनेछ। यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गतेसम्ममा निष्काशन तथा बिक्री खुला हुनेछ। 

म्युचुअल फण्डमा सहभागी हुन चाहने संघसंस्था तथा व्यक्तिहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम् २० लाख इकाईसम्म खरिद गर्नका लागि आवेदन गर्न सक्नेछन्। उक्त इकाईहरू नेपाल स्टक एकस्चेन्ज लिमिटेडमा सूचीकरण गराई धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्ने व्यवस्था मिलाइने कुरा प्रमुख कार्यकारी अधिकृत ढुंगेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.