|
फोटो: फाइल

पर्सा: अत्यधिक चिसोका कारण विगत चार दिनमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। शुक्रबार (आज)पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ३ मा कठ्याग्रिएर थप एक जनो मृत्यु भएपछि पर्सामा मात्रै ९ जना चिसोको कार मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरिक्षक राजन लिम्बुका अनुसार कालिकामाई गाउपालिका वडा नम्बर ३ हरिहरपुर विर्ता निवासी ५० वर्षिय रामाआशिष साह गोढ मृत्यु भएको हो। जाडोले कठ्याग्रिएर बेहोस भइ उनको मृत्यु भएको लिम्बुले बताए।

 त्यसैगरि चिसोका कारण पर्साको जिराभवानी गाउपालिका बिहीबार २ जनाको मृत्यु भएको थियो। पर्साको सखुवाप्रसौनी गाउपालिकामा बिहीबार राती ६५ बर्षीय नन्दु साहको सुतीरहेको अबस्थामा चिसोले कठयांग्रिएर मृत्यु भएको थियो भने छिपहरमाई गाउपालिका वडा नं.४ तुल्सीवर्वा निवासी हरुनी राउत, राजदेव साह र तेतरी देवीको कठयाग्रिएर मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

 यसअघि पर्सामा वीरगंज महानगरपालिकामा चिसोले २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। योसँगै चिसोका कारण पर्सामा मृत्यु हुनेको संख्या ९ पुगेको पर्साका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता लिम्बुले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.