राजनीति

नेपाल भारतबीचको १९५० को सन्धि पुनरावलोकन गरिने, होला सिमा समस्या समाधान?
SHARES

फोटो: फाइल
पुस २८, २०७४

    काठमाडौं: नेपाल भारतकाबीच विभिन्न ठाउँमा देखिएका सिमा समस्या पनि समाधान गर्न दुई देश सहमति भएका छन्। त्यस्तै सन् १९५० मा नेपाल भारतबीच भएको  सन्धि पुनरावलोकन गर्न समेत दुई देश सहमत देखिएका छन्।

    बिहीबारदेखि भारतको नयाँ दिल्लीमा शुरु भएको प्रबुद्ध व्यक्ति समूह ईपिजीको बैठकले यस्तो निष्कर्ष निकालेको नेपाली समूहका प्रतिनिधि डा. राजन भट्टराईले जानकारी दिए। भट्टराईले सन्धिमा रहेका असमान बुँदाहरुलाई धारावाहिक रुपमा छलफल गर्दै आगामी बैठकले अन्तिम रुप दिने सहमति भएको बताएका छन्। ‘केही विषयमा सहमति भइसकेको छ, ती विषय अहिले नै भन्न मिल्दैन, तर आगामी बैठकले त्यसलाई अन्तिम रुप दिनेछ’ भट्टराईले भने।

    नेपाल भारत सिमाका विषयमा पनि गम्भीर छलफल भएको नेपाली टोलिका अर्का प्रतिनिधि निलाम्बर आचार्यले बताए । छलफल निक्कै सकारात्मक भएको उनको भनाई थियो। सिमा समास्या यथावत नरहनेमा दुबै पक्ष सहमत भएका छन्।

    अर्को बैठक आगामी फेब्रअरी २४ र २५ मा काठमाडौंमा गर्ने सहमति गर्दै बैठक सकिएको छ। बैठकमा नेपाली समूहको प्रतिनिधित्व डा.भेषबहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा.राजन भट्टराई तथा भारतका तर्फबाट भाजपाका नेता भगतसिंह कोस्यारीसहित जयन्त प्रसाद, महेन्द्र पी लामा, बिसी उप्रेती सहभागी थिए।

    यसअघि काठमाण्डौंमा भएको पाँचौ बैठकमा सीमा व्यवस्थापन बढी सुरक्षित र सहज बनाउने विषयमा छलफल भएको थियो। सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको समूहको कार्यकाल दुई वर्ष तोकिएको छ र आगामी असारसम्म म्याद रहेपनि त्यसअघि नै प्रतिवेदन दिने तयारी छ।

    द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गरिएको थियो। समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति पछि भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]