|

रुकुम : प्रधानन्यायाधीश गोपाल पराजुलीले सडकमा केही कराउँदैमा राजीनामा नदिने बताएका छन्। आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रबारे उठेका प्रश्नबारे संसदीय समितिमा जवाफ दिइसकेको भन्दै उनले सडकको नाराले केही फरक नपर्ने बताए।

‘मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैनु, उनले भने। विभिन्न बहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ। ‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उनले भने, ‘आज र भोलि पनि न्यायमूर्ति रहन्छ।’

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए।

चिकित्सा अध्ययन संस्थानको डिनमा शशि शर्माको पुनर्बहाली आदेशसँगै डा. गोविन्द केसीले राजीनामा मागसहित अनशन थालेपछि प्रधानन्यायाधीश पराजुलीले पहिलोपटक मुख खोलेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.