|

काठमाडौं : हालै सम्पन्न निर्वाचनपछि दोस्रो ठूलो दलको हैसियत कायम गरेको नेपाली कांग्रेसभित्र आन्तरिक गुटउपगुटको जरा झन् फैलँदै गएको छ। अघिल्लो निर्वाचनमा पहिलो दलको हैसियत कायम गरेको कांग्रेसभित्र यो निर्वाचनमा लज्जास्पद् हार बेहोरेपछि नेतृत्वको आलोचना सँगसँगै आन्तरिक किचलो पनि बढेको हो।

पार्टीको १२औं महाधिवेशनपछि केन्द्रदेखि गाउँ तहसमम पार्टीको सबै संरचनामा तत्कालीन सभापति सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवाबीच ६०/४० को भागवण्डा हुने गरेको थियो। १३ औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले पार्टीभित्र हुने भागबण्डा अन्त्य गर्ने उद्घोष गरे पनि त्यो सम्भव हुन सकेको छैन। अहिले कांग्रेसभित्र देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाहेक तेस्रो गुटका रुपमा कृष्णप्रसाद सिटौला समूह पनि स्थापित भइसकेको छ।

स्थानीय तह निर्वाचनमा गुटगत स्वार्थका आधारमा टिकट वितरण गर्दा अनपेक्षित हार बेहोरेपछि पनि नचेतेको कांग्रेसमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट बाँड्ने बेलामा पनि गुटगत स्वार्थ देखियो। आन्तरिक रुपमा गुटबन्दी भए पनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने नेपाली कांग्रेस केही हदसम्म एकढिक्का भएर नै निर्वाचनमा होमिएको थियो।

नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेलले लज्जास्पद् हार बेहोरेपछि कांग्रेसभित्रको गुटगत विवाद निर्वाचन परिणामपछि छताछुल्ल हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.