|

काठमाडौं : एक महिनामै दुईपटक इन्धनको मूल्य बढाएको सरकारले अब भने खाना पकाउने एलपी ग्यासको मूल्य नबढाउने तयारी गरेको छ। ग्यासको मूल्य बढ्दा सर्वसाधारणमा धेरै असन्तुष्टि देखिएपछि आपूर्ति मन्त्रालयले तत्काल मूल्य नबढाउन गृहकार्य गरेको हो।

'अन्तर्राष्ट्रिय बजारअनुसार दुईपटक ग्यासको मूल्य समायोजन गर्दा एक महिनाभित्र ग्यासमा ५० रुपैयाँ बढ्यो। आवश्यकता भए पनि बजारमा असन्तुष्टि देखियो,' आपूर्ति मन्त्री जयन्त चन्दले भने, 'मूल्यमा स्थिरीकरण कोषबाट रकम झिकेर भएपनि जनतालाई केही राहत दिन खोजेका छौँ।'

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दै गएको छ। शुक्रबार प्रतिब्यारेल ६९.२६ अमेरिकी डलरमा कारोबार भयो। मूल्य बढेर ८० डलर पुग्ने अनुमान गरिएको छ। यसरी अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्वचालित मूल्य प्रणालीअन्तर्गत नेपालमा पनि मूल्य बढ्छ। ग्यासमा मूल्य वृद्धि न्यून वर्गलाई समेत धेरै असर पर्ने भएकाले कोषबाट रकम झिकेर घाटा परिपूर्ति गर्न खोजिएको मन्त्री चन्दको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.