समाज

फागुनमा पाेखरामा खुला राष्ट्रिय लोक भजन प्रतियोगिता हुने
SHARES

Photo : pabilnews.com
पुस २९, २०७४

    पोखरा : नेपाली लोक भजनको संरक्षण गर्ने उद्देश्यका साथ प्रथम खुला राष्ट्रिय लोक भजन प्रतियोगिता आगामी फागुन १२ गते पाेखरामा हुने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तुलसी प्रवासले भने, 'आधुनिकताको चपेटामा लोक भजनका साथै अन्य संस्कृति लोप हुँदै गएकाले यसको जगेर्नाका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हाे।'

    खैंजडी, मुजुरा, मृदङ्ग, मादल जस्ता परम्परागत बाजाका साथमा देशका विभिन्न जिल्लाबाट ५० भन्दा बढी समूह प्रतियोगितामा सहभागी हुने बताइएको छ।

    दर्ता भएका समूहलाई माघ महिनाभरी जिल्लामा छनोट गरी अन्तिम १५ समूहलाई पोखरा प्रदर्शनी केन्द्रमा प्रतिष्पर्धा गराइने छ। पुष्पाञ्जली भजन समूह र लायन्स क्लब अफ पोखरा भद्रकालीको संयुक्त आयोजनामा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजारसहित प्रमाणपत्र तथा अन्य पाँच उत्कृष्ट समूहलाई रु तीन हजारसहित प्रमाणपत्र दिइने लायन्स क्लबका अध्यक्ष भरत कोइरालाले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]