|

सुनसरी : सुनसरीको इटहरीस्थित एक होटलबाट ६ जना जुवाडे पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इटहरी– २० स्थित काबेली होटलबाट शुक्रबार राति ९ बजे तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

त्यसक्रममा प्रहरीले ७६ हजार नगद र ४ बुक ताससमेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव उपरीक्षक सञ्जयबाहादुर राउतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.