|
फाइल फोटो

काठमाडौं : सरकारसँगको ५ बुँदे सहमतिपछि त्रिभुवन विश्वविद्यालय शिक्षण असप्ताल महाराजगञ्जका प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन तोडेका छन्। डा. केसीले त्रिवि शिक्षण अस्पतालअगाडि जुत्ता सिलाउँदै आएका सिरहाका नथुनिया मेचीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।

चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सरकारले ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि शिक्षण अस्पतालको डिनमा प्रा.डा.जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिने लगायतका सहमति पछि डा. केसी अनशन तोड्न सहमत भएका हुन्।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै चौधौँपटक अनशन बसेका केसी र स्वास्थ्यमन्त्री बोहराबीच ४ घण्टा लामो छलफलपछि दुवैपक्ष सहमतिमा पुगेका हुन्। गएराति ११ बजे सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.