|

काठमाडौं : नेपाल एसोसिएसन अफ टुर एन्‌ड ट्राभल एजेन्ट (नाट्टा) अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन्। शुक्रबार होटल सोल्टीमा सम्पन्न निर्वाचनको शनिबार बिहान ३ बजे घोषित परिणामअनुसार पाण्डे विजयी भएका हुन्।

उनले प्रतिद्वन्दी डिके शर्मालाई पराजित गरेका हुन्। प्रथम उपाध्यक्ष, महासचिव र सहकोषाध्यक्ष पनि पाण्डेकै प्यानलबाट निर्वाचित भएका छन् भने द्वितीय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष शर्मा प्यानलका निर्वाचित भएका छन्।

जसअनुसार अध्यक्ष : सिएन पाण्डे प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं द्वितीय उपाध्यक्ष : संगीता जिरेल महासचिव : रमेश थापा सचिव : सविता भट्टराई कोषाध्यक्ष : रामप्रसाद श्रेष्ठ सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराई सदस्यहरु : १) सुदर्शन नेपाल २) देबकी गुरुगँ ३) फुरी ग्याल्जेन शेर्पा ४ ) अमृत कुमार ढकाल ५) रमेश पौडेल ६) राजु ढकाल ७) ईनु थापा ८ ) गीता ढकाल निर्वाचित भएका छन्।

अध्यक्षका प्रत्यासी डिके शर्माले पुनः मत गणना हुनुपर्छ भन्ने माग राख्दै विवाद सिर्जना गरेपछि परिणाम घोषणा हुन ढिलाइ भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.