समाज

ट्रयाक्टरको इन्जिनमा च्यापिएर चालकको मृत्यु
SHARES

पुस २९, २०७४

    सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित बूढीखोलानजिक शनिबार बिहान ट्रयाक्टरको इन्जिनमा च्यापिएर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा को२त ३८९६ नम्बरको ट्रयाक्टरका चालक मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने २१ वर्षीय दिलकुमार चौधरी छन्।

    बिहान पौने ८ बजे बूढीखोलाबाट मिक्स गिटी बोकेर इटहरी चौकतर्फ आउँदै गरेको ट्रयाक्टर उकालो बाटोमा इन्जिनको अगाडिको भाग अचानक माथि उठ्दा चौधरी च्यापिएर घाइते भएका थिए।

    घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान साढे ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

    बाकुलो हुस्सु लागेको र चालक एक्लै रहेको अवस्थामा सो दुर्घटना भएकाले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]