|

बारा : बाराको निजगढ-२ सिगौलमा निर्माणाधीन जनता सभागृह भवन निर्माणमा आर्थिक अभाव भएको छ। तत्कालीन बारा क्षेत्र नं. ६ का सासंद एवं जनता पूर्वखेलकुद मन्त्री पुरुषोत्तम पौडेलले भवनको शिलान्यास गरेका थिए।

शिलान्यास भएसँगै निर्माण थालिएको भवन निर्माणमा सांसद विकास कोषबाट १५ लाख, सहरी विकास कोषबाट ५ लाख गरी २० लाख खर्च भएको निर्माण समितिका अध्यक्ष मनकुमार थापाले जानकारी दिएका छन्।

भवनको निर्माणका लागि सिमेन्ट खरिद गर्न आर्थिक अभावमा भएपछि निर्माण कार्य रोकिएको निर्माण समितिका अध्यक्ष थापाले बताए। भवनमा एउटा कार्यालयसहितसभा हल रहनेछ।

रकम जुटाउन महायज्ञ गरिने

जनतासभा भवन निर्माणका लागि आर्थिक अभाव भएपछि रकम जुटाउन स्थानीय शिव मन्दिरमा श्रीमद् भागवत ज्ञान सप्ताह महायज्ञ आयोजना गरिने भएको छ। २६ माघदेखि ८ फागुनसम्म महायज्ञ आयोजना गरिने भएको हो।

साविक भरतगञ्जसिगौंलका तीन वटै वडाको संयुक्त आयोजना महायज्ञमा गर्न लागेको महायज्ञ मूल समारोह समितिका अध्यक्ष मुकुन्द विष्टले बताए। महायज्ञमा ५० हजारभन्दा माथि आर्थिक सहयोग गर्ने चन्दा दाताको नाम शिलालेखमा नाम लेखिने समितिको योजना रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.