|

कपिलवस्तु : सडकमा यात्रु तथा सर्वसाधारणलाई बाटो काट्न सहजता लागि कपिलवस्तुका युवा जेब्राक्रसिङ बनाउन आफैँ जुटेका छन्। जिल्लाका मुख्य तथा सहायक सडक खण्डमा जेब्राक्रसिङ नभएकाले त्यसबाट हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि युवाहरु लागिपरेका हुन्।

जिल्लामा सक्रिय चेतनशील प्रतिष्ठानले जिल्लाका ४ नं जितपुर, बनगाई, पिपरा, बोडगाउँ, चप्परगाउँ, बुङची, तल्लो बनगाईस्थित पूर्वपश्चिम राजमार्गमा जेब्राक्रसिङ गराउन सुरु गरेको छ।

‘सवारीसाधन दुर्घटना नियन्त्रणका लागि चेतनशीलको अभियान’ सहित वाणगंगा ८, बनगाईबाट शुक्रबारदेखि सुरु भएको जेब्राक्रसिङ बनाउने अभियान पिपरामा गएर टुंगिनेछ।

पूर्वपश्चिम राजमार्गमा अनिवार्य रुपमा निर्माण गरिनुपर्ने जेब्राक्रसिङ यहाँ भने नभएको र सम्बन्धित निर्माणकर्ताले चासो नदेखाएपछि आपूmहरु नै लागिपरेको प्रतिष्ठानका अरुण भट्टराई (असिम) ले बताए।

‘पिपरादेखि बनगाई सडक खण्डमा विशेष गरी अत्यधिक मात्रामा दुर्घटना हुने गरेका छन्, विद्यार्थीहरु त्यसको सिकार भइरहेका छन्, त्यसको न्यूनीकरणका लागि पनि यो काम गर्नु जरुरी छ’, उनले भने।

सडकमा हुने दुर्घटनाको सिकार कोही पनि बन्न नपरोस् भनी प्रतिष्ठानले राजमार्गकेन्द्रित रही जेब्राक्रसिङ बनाउन सुरु गरेको हो। यस क्षेत्रमा दुई वटा ठूला क्याम्पस रहेकाले पनि विशेष गरी बिहान र साँझको समयमा सडकमा विद्यार्थीको बाक्लो भिड हुने गर्दछ।

सडकमा सवारीसाधनको चाप बढ्दै गएको र सर्वसाधारणलाई बाटो वारपार गर्न असहज भएको भन्दै प्रतिष्ठानले सामाजिक भावनाले जेब्राक्रसिङ गराउन सुरु गरिएको प्रतिष्ठानका सचिव सन्दीप अर्यालले बताए। सडकमा जेब्राक्रसिङ राखिएपछि विशेषतहः विद्यार्थी, बालबालिका र सर्वसाधारण लाभान्वित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.