|

जाजरकोट : जाजरकोटको भाइरल प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत औषधि र स्वास्थ्यकर्मीको टोली पुगेको छ। पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र स्वास्थ्य सचिव पुष्पा चौधरी आठ क्विन्टल औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोटको भाइरल प्रभावित क्षेत्र पुगेका छन्।

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा केही समयदेखि फैलिएको भाइरल नियन्त्रणमा आउन सकेको छैन। भाइरलका कारण अहिलेसम्म १३ जनाको ज्यान गइसकेको छ भने कैयन संक्रमित छन्।

प्रकोप नियन्त्रणमा नआइरहेका वेला शनिबार जिल्लाका सांसद् र चिकित्सक सहितको  टोली जुनीचाँदे गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा औषधि लिएर पुगेका हुन्।

यसैबीच, जाजरकोटबाट काठमाडौं ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमुनामा मौसमी रुघाखोकी भएको पुष्टि भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.