|

अछाम : माघे संक्रान्तिका लागि तरुल खन्ने क्रममा अछाममा ढुंगाले लागेर लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका ५ का १२ वर्षीय श्याम बटालाको शुक्रबार घटनास्थलमै मृत्यु भएको स्थानीय डम्बर रोकायाले जानकारी दिए।

बुबा नर बटालासँगै तरुल खन्न जंगल गएका बटालालाई माथिबाट आएको ढुंगाले लागेको रोकाएले बताए। मृतक बटाला स्थानीय नीलकण्ठ आधारभूत विद्यालयमा कक्षा ६ मा अध्यनरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.