|

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ २४ गते मतदानको कार्यतालिका रहेको छ। 

आयोगले शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव नवराज ढकालले जानकारी दिए। उनका अनुसार प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरेबमोजिम कार्यालय स्थापना गरिएको हो।

प्रदेश नम्बर १ को मोरङ, प्रदेश नम्बर २ को धनुषा, प्रदेश नम्बर ३ को ललितपुर, प्रदेश नम्बर ४ को कास्की, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

आयोगले न्याय परिषद्को सचिवालयको सहयोगमा सात जना जिल्ला न्यायाधीशलाई यसअघि नै २७ गतेदेखि कार्याकाल सुरु हुनेगरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिसकेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.