स्वास्थ्य

'लो ब्लड प्रेसर' निराकरणका घरेलु उपाय
SHARES

पुस २९, २०७४

    एजेन्सी : कमजोरी महसूस हुनु तथा चक्कर लाग्नु  'लो ब्लड प्रेसर'को लक्षण हो । यसले दिमागमा समेत असर गर्छ । ब्लड प्रसर कम भएकाहरुले खानामा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । जान्‍नुहोस् थप केही घरेलु उपाय, जसले 'लो ब्लड प्रेसर' निराकरण गर्न भूमिका खेल्छन् ।

    नुनको मात्रा बढाउनुस्

    खानामा प्राय नुनको मात्रा कम नै हुन्छ । तर यदी तपाईको ब्लड प्रेसर कम छ भने खानामा नुन केही बढाउनुस् ।

    चुकन्दरको जुस पिउनुस्

    लो ब्लड प्रेशरलाई कन्ट्रोलमा राख्‍नका लागि चुकन्दरको जुस महत्वपूर्ण माध्यम हो । हरेक दिन बिहान तथा राती एक-एक कप चुकन्दरको जुस पिउनुस् । यसबाहेक एक कप कडा कफी पनि लिदाँ राम्रो हुन्छ ।

    पर्याप्त मात्रामा पानी पिउनुस्

    डिहाइटडेशन अर्थात शरिरमा पानीको कमी पनि थुप्रै रोगको कारण हो । शरिरका सबै अंगहरुलाई सक्रिय राख्न पानी जरुरी हुन्छ । त्यसैले पानीको मात्रा सधैँ ठीक राख्नुहोस् , जसका कारण बेचैनी महसुस हुदैँन ।

    हरेक दिन अभ्यास गर्नुहोस्

    कुनै पनि प्रकारको हल्का फुल्का अभ्यासलाई आफ्नो नियमित रुटिनमा समावेश गर्नुहोस् । तपाई हरेक बिहान आधा घण्टा हिँड्न पनि सक्नुहुन्छ या अन्य अभ्यास पनि गर्न सक्नुहुन्छ । यसो गर्दा शरिरमा रगतको सञ्चार राम्रोसँग  हुन्छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]