|
File Photo

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपालका सबै राजनीतिक पार्टी लोकतान्त्रिक भएको बताएका छन्। पुष्पलाल अध्ययन केन्द्रले शनिबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा नेता खनालले पार्टी निर्माणको विभिन्न पृष्ठभूमि भएपनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट समाजवादतर्फ बढ्ने संवैैधानिक संकल्प भएका कारणले नेपालका सबै राजनीतिक पार्टी समाजवादी लोकतान्त्रिक पार्टी भएको बताएका हुन्। 

पछिल्लो चुनावी परिणाम र दुई वामगठबन्धनको एकताले एउटै कम्युनिष्ट पार्टी बनाउने बहस चलिरहेका बेला नेपालको कम्युनिष्ट आन्दोलन पनि लोकतान्त्रिक विधिबाट मात्रअघि बढ्ने नेता खनालले बताए।

कम्युनिष्टहरु केन्द्रिकृत र अलोकतान्त्रिक हुन्छन् भन्ने मान्यतालाई चिर्दै नेपालमा कम्युनिष्टहरु सदन र सरकारमा लोकतान्त्रिक प्रतिस्पर्धाको बाटोबाट पुगेको खनालको तर्क थियो। उनले लोकतान्त्रिक समाजवादको बाटो भन्दा बाहिर बहस गर्ने राजनीतिक दल तथा नेतृत्व दुवै असंवैधानिक हुने र जनताबाट तिरस्कृत हुने उल्लेख गरे। कार्यक्रममा नेता खनालले निर्वाचन परिणामले वाम गठबन्धनलाई एक भएर मुलुकको विकास गर्न जनादेशको  आएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.