मनोरञ्जन

हलिउड अभिनेत्रीको खुलासा : १४ वर्षकै उमेरमा यौन शोषण भयो
SHARES

पुस २९, २०७४

    आजकल अभिनेत्रीहरु आफुमाथि भएका यौन शोषणका घटनाबारे खुलेर बोल्न थालेका छन् । शक्ति र पैसा हुनेहरुले कसरी यौन शोषण गर्न खोज्छन् भन्‍ने विषयमा हलिउड तथा बलिउडका थुप्रै अभिनेत्रीहरुले आ-आफ्नो अनुभव मिश्रित धारणा राखिसकेका छन्  । यौन शोषणका घटना निरुत्साहित गर्नका लागि महिलाहरुले नै यसबारे निर्भिकतापूर्वक आफुमाथि भएको अन्यायका घटना सार्वजनिक गर्नुपर्ने उनीहरुको भनाइ छ ।

    यसरी आफुमाथि भएका यौनहिंसाका घटना सार्वजनिक गर्ने अभिनेत्रीको सुचीमा बेला थ्रोनको नाम थपिएको छ । ‘बाल्यकालमा मेरो पनि यौन शोषषण भएको थियो । मलाई याद छ त्यतिबेला म १४ वर्षको थिएँ ,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन् ।

    यौन शोषण कसले गर्‍यो भन्‍ने विषय भने उल्लेख छैन । उनका अनुसार निरन्तर यौनहिंसा हुन थालेपछि उनले एकदिन कोठाभित्र छिरेर ढोका बन्द गरेकी थिइन् । ‘ एकदिन मसँग आधारातमा ढोका बन्द गर्ने र ढोका छेउमै सुत्ने आँट आयो । म त्यस्तो शोषण फेरि हुन्छ भन्‍ने डरमा थिए । अन्त्य हुने  प्रतिक्षामा थिएँ र अन्त्यमा त्यो अवस्था अन्त्य भयो,’ आफ्नो बाल्यकालको खराब घटनाबारे उनले लेखेकी छिन् ।

    २० वर्षीया थ्रोन विभिन्‍न टेलिफिल्म तथा फिल्ममा  गरेको अभिनयका कारण चर्चामा छिन्  । उनी गायक समेत हुन् । बालकलाकारका रुपमा ९ वर्षको उमेरबाटै उनले आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]