समाज

माघे संक्रान्तिलाई लक्षित गरी नारायणगढ-मुग्लिन सडक ४ दिनका लागि खुला
SHARES

पुस २९, २०७४

    चितवन : नारायणगढ मुग्लिन सडकखण्ड शनिबारदेखि चार दिन बन्द नहुने भएको छ। रातको समयमा ६ घण्टा गाडी रोकेर सडक चौडापार्ने काम चलिरहेको उक्त सडकखण्ड शनिबारदेखि ४ दिन खुला रहने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ।

    थारूको माघी पर्व सुरु भएको र माघे संक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरीबाट झक्तजनहरु आउने भएकाले चार दिनलाई सडक खुला गरिएको हो। प्रहरीले शनिबार सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो। यसअघि यही पुस १८ गते देखि राती १० बजेदेखि ४ बजेसम्म आवागमन बन्द गरेर भित्तो काट्ने काम भैरहेको थियो। चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक सन्तोष पन्तका अनुसार शनिबारदेखि माघ २ गतेसम्म सडक खुला रहने छ। पन्तले उक्त सडक खण्डमा यात्रा गर्दा ओभरटेक नगरी धैर्यताकासाथ एक लाईनमा यात्रा गर्न समेत सबैमा अनुरोध गरे।  

    शनिबारदेखि यहाँ सडकमा करिव ३० प्रतिशत सवारी चाप बढेको उनले जानकारी दिए। जसका कारण शनिबार दिनभर नै यातायात प्रभावित भएको थियो। जोखिम कम भएपनि सवारीको चाप बढ्दा प्रहरीलाई यातायात व्यवस्थापनमा मुस्किल परिरहेको छ। गाडी विग्रने, ओभरटेक गर्ने र निर्माण कर्याले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ। आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकमा अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]