यो सिजन ला-लिगामा रोनाल्डोको ४ मात्रै गोल

|

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आलोचकहरुको व्यवहारबाट आजित भइसकेको प्रतिक्रिया दिएका छन्। उनले टोली छनोटको विषयलाई लिएर आलोचकहरूले गरेका नकारात्मक टिप्पणीले आजित भएको बताए।

घरेलु मैदानमै भिल्लारियलसँग पराजित भएपछि पत्रकार सम्मेलनमा जिदान निकै गम्भीर देखिएका थिए। यो हारसँगै उनको टोली स्पेनिस ला-लिगाको उपाधि दौडमा बार्सिलोनासँग १६ अंकले पछि परेको छ। १८ खेलबाट शीर्ष  स्थानको बार्सिलोनाले ४८ अंक बटुल्दा समान खेल खेलेको रियल ३२ अंकसहित चौथो स्थानमा छ। 

एथलेटिको म्याड्रिड ३९ र भ्यालेन्सिया ३७ अंकसहित क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्। जितपछि ३१ अंक जोडेको भिल्लारियल पाँचौ स्थानमा छ। छैटौं स्थानको सेभिया रियलभन्दा ३ अंकले मात्रै पछि छ। 

पहिलो हाफमा गोल गर्नका लागि प्राप्त अवसर खेर फाल्दाको मूल्य रियलले दोस्रो हाफमा चुकाउनु परेको थियो। खेल सकिन ३ मिनेट बाँकी छँदा पाब्लो फोर्नाल्सले भिल्लारियलका लागि निर्णायक गोल गरेका थिए।  हारपछि जिदानको प्रशिक्षणका विषयमा पनि ठूलो प्रश्‍न खडा भएको छ। गत सिजन ला-लिगा तथा च्याम्पियन्स लिग जितेको रियलले यो सिजन निकै खराब खेलिरहेको छ। 

रियलले १८ खेलसम्म ३२ गोल मात्रै गरेको छ। उसले १७ गोल खाएको छ। पछिल्ला ११ सिजनमा रियलले सबैभन्दा कम गोल गरेको यसै सिजन हो। स्टार खेलाडी क्रिस्ट्रियानो रोनाल्डो गोल गर्ने महिलामा निकै कमजोर देखिएका छन् । उनले यस सिजन ला-लिगामा ४ गोल मात्रै गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.