|

जारी सिजन लगातारको खराब प्रदर्शनबाट गुज्रिरहेको रियल म्याड्रिड शनिबार राति स्पेनिस ला लिगाको अर्को खेलमा घरेलु मैदानमै भिल्ला रियलसँग  १–० गोल अन्तरले पराजित भएका छ ।

अधिकांश समय खेल आफ्नो पकटका बाबजुत रियल म्याड्रिड ८७औँ मिनेटमा काउन्टर याट्याकमा गोल खान पुगेको थियो । पाब्लो फोर्नल्सले खेल सकिन केही समय बाँकी रहँदा भिल्ला रियलका लागि निर्णायक गोल गरेका थिए। भिल्ला रियलले रियलको घरेलु मैदानमा पहिलो पटक जित निकालेको हो।

एकपछि अर्को राम्रा प्रहार गरेको रियलले पहिलो हाफको १४औँ मिनेटमा गोल गरे पनि ग्यारेथ बेलको गोल अफसाइड अफसाइडका कारण मान्यता दिइएन। खेलको ३०औँ मिनेटका क्रिस्टियानो रोनाल्डोले रियललाई अग्रता दिलाउने मौका पाए पनि उनले भिल्लारियलका गोल किपर सर्जियो असेन्जोसँगको वान भर्सेस वानमा फ्रेम बाहिर प्रहार गर्दै सुनौलो अवसर खेरफालेका थिए। त्यस्तै, इसकोले दिएको पासमा बेलले ४२ औं मिनेटमा अर्को अवसर खेर फालेपछि पहिलो हाफ गोलरहित अन्त्य भयो।

दोस्रो हाफमा पनि घरेलु टोलीले गोल गर्ने प्रयास गर्‍यो तर असफल भयो। एकातर्फ रियलको गोल गर्ने प्रयास विफल हुँदा खेलको ८७ औँ मिनेटमा काउन्टर एट्याकमा फोर्नाल्सले भ्रमणकारी टोलीलाई विजयी गोल दिलाए। पहिलो पटक इनेस उनाल्सको प्रहार गोलकिपर नाभासले रोके पनि फोर्नाल्सले रिबाउन्डमा आकर्षक चिप गर्दै निर्णायक गोल सम्भव बनाए। बाँकी समय र थापिएको ३ मिनेटको इन्जुरी समयसम्म अग्रता जोगाउँदै भिल्लारियलले रियललाई घरेलु मैदानमा स्तब्ध बनायो।

यो हारसँगै रियलको १८ खेलमा ३२ अंक छ। चौथो स्थानमा रहेको रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा १६ अंक तल छ। त्यस्तै, ३१ अंकसहित भिल्लारियल पाचौँ स्थानमा उक्लिएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.